२० कात्तिक २०८३, बिहान १२:०८
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
पर्यटन समाचारtrending news

नवरात्रमा नौवटा धार्मिक तीर्थस्थलको प्रवद्र्धन सम्पन्न

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
४सेयर
FacebookWhatsAppX
मकवानपुर, ६ कात्तिक । स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिदै कृयाशिल हिमालयन राइडर्स सोसाइटी, हेटौंडाले दशैंको अवसरमा घटस्थापनादेखि महानवमीसम्म हेटौंडा र आसपासका नौवटा धार्मिक तीर्थस्थलहरूको प्रवद्धन सम्पन्न गरेको छ ।

हेटौंडा र आसपासका धेरै धार्मिक महत्वका तीर्थस्थल भएर पनि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अपेक्षित विकास हुन नसकेको भन्दै दशैंका नौ दिन(नवरात्र)मा हरेक दिन एक÷एक वटा धार्मिक तीर्थस्थलको प्रवद्र्धनात्मक भ्रमण गरिएको हिमालयन राइडर्स सोसाइटी, हेटौंडाका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत घटस्थापनाका दिन हेटौंडा उपमहानगरपालिका वडा नं ५ स्थित दक्षिणकाली मन्दिरबाट प्रवद्र्धन कार्यक्रम सुरु गरिएकोमा त्यस पछि क्रमशः मकवानपुरगढी गाउँपालिका वडा नं ४ मक्रानचुलीस्थित मनकामना मन्दिर, हेटौंडा १७ स्थित राजदेवी मन्दिर, हेटौंडा १ स्थित पाथिभरा मन्दिर, हेटौंडा १५ स्थित चुरिया माई, हेटौंडा १० स्थित भुटनदेवी मन्दिर, हेटौंडा ६ चौघडास्थित रक्षा देवी मन्दिर र हेटौंडा ६ चौघडास्थित वंशगोपाल मन्दिरको प्रवद्र्धन गरिएको उहाँले बताउनुभयो ।

“हेटौंडा र आसपासमा धार्मिक एवम् ऐतिहासिक महत्वका धेरै स्थलहरू रहेका छन्”, उहाँले भन्नुभयो, “ती स्थलहरूको प्रवद्र्धन हुन नसक्दा धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अझै अपेक्षित उपयोग हुन सकेको छैन ।”

धार्मिक रुपमा पनि हेटौंडालाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

अद्यावधिक:

सम्बन्धित समाचार