१९ कात्तिक २०८३, राति १०:३६
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
समाज

दशैं बिदाका कारण हेटौंडामा रगत अभाव

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
१सेयर
FacebookWhatsAppX
हेटौंडा, ११ कात्तिक । दशैं बिदाका कारण हेटौंडामा रगतको अभाव भएको छ ।

दशैं बिदाका कारण यस बीचमा विभिन्न संघ संस्थाका रक्तादनका कार्यक्रमहरू नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिनुुभयो ।

रगत अभाव भएसँगै केन्द्रका तर्फबाट संघ संस्थाहरूसँग रक्तदानका लागि आह्वान समेत गरिएको छ ।

संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत संकलन भएको उहाँले जानकारी दिनुभयो ।

रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौंडाले रेडक्रस हेटौंडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहिबार बिहान ७.०० बजे हेटौंडा मेनरोडस्थित बुुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।

रगत अभावको समस्यालाई केही हदसम्म पनि कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले रक्तदानका लागि सबैमा अनुरोध गर्नुभएको छ ।
रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौंडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ । हेटौंडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामीहरू रहेका कारण पनि उक्त युनिट रगत अपरिहार्य हुने गरेको उहाँले बताउनुभयो । 

अद्यावधिक:

सम्बन्धित समाचार