१९ कात्तिक २०८३, राति १०:३६
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
बागमती प्रदेश

बृहत् योग विज्ञान शिविरबाट दुई हजार बढी लाभान्वित

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
०सेयर
FacebookWhatsAppX
हेटौंडा । पतन्जली योग ७ नम्बर वडा समिति हेटौंडा मकवानपुरको आयोजना एवम् हेटौँडा उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविरबाट दुई हजार बढी लाान्वित भएका छन् । 
 कात्तिक १३ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको शिविरको उद्घाटन जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलानले गर्नुुभएको थियो भने समापन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्नभएको थियो । 
 समापन कार्यक्रममा मुुख्यमन्त्री थापाले योग सरकारको प्राथमिकतामा रहेको बताउनुुभयो । पछिल्ला वर्षमा नसर्ने रोगबाट ग्रसित हुनेहरूको संख्या बढ्दो क्रममा रहेको बताउँदै उहाँले सुगर, थाइराइड, नसा लगायतका धेरै स्वास्थ्य समस्याहरूको न्युनीकरणमा योगको विशिष्ट महत्व रहेको बताउनुभयो ।
 शिविरमा पाँचै दिन सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको पतञ्जली योग जिल्ला समिति, मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । उहाँका अनुुसार आज समापनका दिनमा चितवनबाट समेत दुई सय जना शिविरमा सहभागी भएका थिए ।
 शिविरका अवसरमा योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा प्रशिक्षण दिइएको बताउँदै उहाँले पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र मुख्य प्रशिक्षकका रुपमा रहनुभएको जानकारी दिनुभयो ।
 हेटौंडा ७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा प्रत्येक दिन बिहान ५.०० बजेदेखि ७.०० बजेसम्म योग शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

अद्यावधिक:

सम्बन्धित समाचार