१९ कात्तिक २०८३, राति १०:३६
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
पर्यटन समाचार

बेगनास तालमा छैटौँ फिस फेस्टिभलको तयारी पूरा

सहज पढाइ
यो खबर साझा गर्नुहोस्
०सेयर
FacebookWhatsAppX
पोखरा, कात्तिक । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा यही कात्तिक १३ देखि २३ गतेसम्म हुने छैटौं फिस फेष्टिभलको तयारी पूरा भएको छ ।

 बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिएको एसोएिसनका अध्यक्ष सुरेश लामिछानेले बताउनुभया्े । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको एसोसिएसनका महासचिव शक्तिश्री कोइरालाले जानकारी दिनुभयो । महोत्सवमा हालसम्म एक सय १० वटा स्टल बुकिङ भएको मिडिया संयोजक सन्दीप पौडेलले जानकारी दिए । 

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विशेष कार्यक्रमका बीच गर्नुहुने छ । महोत्सवमा स्थानीय माछाका विभिन्न प्रजातिको प्रदर्शनी, माछाका परिकारको बिक्री तथा प्रदर्शनी, बाल उद्यान, देउसीभैलो प्रतियोगिता र बेगनास तालमा माछाका भुरा छाड्ने कार्यक्रम समावेश गरिएका छन् । 

 महोत्सव अवधिभर राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्रीसमेत गरिने आयोजकले जनाएको छ । महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछा तथा मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनीसमेत गरिने बताउँदै अध्यक्ष लामिछानेले बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको जानकारी दिनुभयो ।

 स्थानीय माछाका विभिन्न प्रजातिलाई ब्रान्डका रूपमा विकास गर्ने, परम्परागत नेपाली गीत–संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने र होटल तथा रेस्टुरेन्ट व्यवसायलाई थप चलायमान बनाउँदै समग्र क्षेत्रको पर्यटन विकासमा योगदान पु¥याउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपाललगायत सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायको सहयोग रहने बताइएको छ ।

अद्यावधिक:

सम्बन्धित समाचार