१९ कात्तिक २०८३, राति ८:१६
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
TOURPANA / हाम्रो आवाज

प्रकाशकीय

प्रकृति, संस्कृति र पर्यटनका लागि

तस्बिर श्रेय ↗
प्रकाशकीय

प्रकृति, संस्कृति र पर्यटनको त्रिवेणी टुरपाना डटकम

TourPanaशुभारम्भ विशेष

विजया दशमीको शुभ अवसर पारेर आजदेखि टुरपाना डटकम अनलाइन पोर्टल शुभारम्भ गरिएको छ । नेपाल प्रकृति, संस्कृति र पर्यटनले सम्पन्न देश हो । यसैलाई नै केन्द्रमा राखेर सूचना, विचार र विमर्शको विश्वसनीय माध्यमका रुपमा टुरपाना डटकम सञ्चालनको सत्प्रयास सुरु गरिएको हो ।

प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहरले समृद्ध नेपालमा पर्यटन आर्थिक समृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार हो । पर्याप्त सम्भावनाका बाबजुद हाम्रा धेरै पर्यटकीय गन्तव्य, मौलिक संस्कृति र स्थानीय विशेषता अपेक्षित रूपमा पहिचान हुन सकेका छैनन् । संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको अभावमा हाम्रा धेरै सम्भावना ओझेलमा परेका छन् ।

यही सन्दर्भमा टुरपाना डटकमले नेपालका पर्यटनका विभिन्न आयामका साथै यसका अवसर र चुनौती, गन्तव्यका विशेषता, सांस्कृतिक सम्पदा, पर्यावरण संरक्षण तथा पर्यटन व्यवसायका विविध पक्षलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । कृषि क्षेत्रलाई पनि पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ । सत्य, तथ्य र विश्वसनीतालाई मुख्य आदर्शका रुपमा लिदै यसका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा विशिष्ट योगदान पुर्‍याउने हाम्रो प्रयास रहनेछ ।

हामी पर्यटनको उज्यालो पक्ष मात्र होइन, यस क्षेत्रका समस्या, नीतिगत कमजोरी र सुधारका आवश्यकतामाथि पनि निरन्तर कलम चलाउनेछौं । सम्भावनायुक्त गन्तव्य, धार्मिक, सांस्कृतिक विविधतालाई पर्यटनसँगै जोड्दै यसमा माध्यमबाट आम नेपालीलाई रोजगारीसँगै उत्पादनसँग जोड्ने तर्फ निरन्तर समर्पित हुने टुरपाना डट कमको मुख्य लक्ष्य छ । सबैको जय होस् ।

विजया दशमीको हार्दिक शुभकामना ।

टुरपाना परिवारTourPana.com