धार्मिक पर्यटकलाई लोभ्याउँदै लक्ष्मीनारायण मन्दिरको सिस महल
मकवानपुर, १८ असोज । मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

मकवानपुर, १८ असोज । मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
आध्यात्मिक जागरणसँगै सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल बनिरहेको यो संस्था २०३२ सालमा स्थापना भई यस क्षेत्रको आध्यात्मिक जागरण र सामाजिक सेवाका क्षेत्रमा निरन्तरको लगावसँगै धार्मिक पर्यटनको गन्तव्य समेत बनेको हो ।
तत्कालीन समयमा अनन्त श्री विभुषित पराङ्कुशाचार्यले स्थापना गर्नुुभएको यो संस्था स्थापना कालदेखि नै श्री लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिमार्फत सञ्चालन भैरहेको समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिनुुभयो ।
मन्दिर भित्र दक्षिण भारतको तिरुपति बालाजीकै जस्तै संरचना निर्माणका साथै त्यस्तै विधि तथा नियम अनुुसार पूजाआजा गर्ने गरिएको उहाँले बताउनुुभयो । पछिल्ला समयमा यो तीर्थस्थल धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भैरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुुसार संस्थाको विविधवत् दर्ता भने २०६१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको हो ।
करिब दुई कठ्ठा क्षेत्रफलको भूभागमा रहेको मन्दिर परिसरमा विभिन्न संरचनाहरू निर्माण भएका छन् ।
मन्दिरमा तीर्थयात्राका लागि आउने तीर्थालुका लागि छ वटा कोठा सहितको आवशीय व्यवस्थापन समेत गरिएको जानकारी दिदै उहाँले एक दिनमा १०/१२ जनासम्म तीर्थालुलाई बस्न सक्ने व्यवस्था मिलाइएको बताउनुुभयो ।
मन्दिरले मुगु, हुम्ला लगायत जिल्लाका पाँच जना बटुुकलाई आवशीय व्यवस्थापन सहित बैदिक शिक्षासँगै विद्यालय तहका विभिन्न कक्षामा पढाउने व्यवस्था समेत गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
संस्थाका माध्यमबाट नियमित योगाभ्याससँगै धार्मिक व्यक्तित्वहरूबाट प्रवचन समेत गराउँदै आइएको उहाँले बताउनुुभयो ।
मन्दिर परिसर भित्र आकर्षक दुईवटा शिश महल पनि रहेका छन् । विभिन्न स्थानमा रहेका शिश महलमा सर्वसाधारणले सशुल्क मात्रै हेर्न पाउने व्यवस्था भएपनि यहाँका शिश महलमा निशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको छ । पछिल्ला समयमा यहाँस्थित शिश महल हेर्नका लागि समेत धार्मिक पर्यटक आउने गरेका छन् ।
यहाँ रहेको राधाकृष्ण शिश महल तत्कालीन जिल्ला विकास समितिको आठ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको हो भने अर्को सीताराम शिश महल २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । सीताराम शिश महल भने भक्तजनको स्वतस्फुर्त आर्थिक सहयोगमा निर्माण भएको उहाँले जानकारी दिनुुभयो ।
मन्दिर परिसर भित्रै २०५८ सालमा लक्ष्मी नारायण व्यास पीठ स्थापना गरिएको छ । उक्त व्यासपीठबाट स्थापना कालदेखि नै दैनिक वेद, भागवत् गीता, श्रीमद्भागवतको पाठपारायण भैरहेको छ । परिसरमा नै हरेक दिन कस्तुरी योग साधना केन्द्रमार्फत नियामित योग साधना भैरहेको छ । योग साधनाका लागि हेटौंडा नगर क्षेत्रका करिब ४० जना व्यक्तिहरू नियमित सहभागी भैरहेको उहाँले बताउनुुभयो ।
मन्दिरमा हरेक दिन विहान ६.०० बजेदेखि १०.०० बजेसम्म र दिउँसो ४.०० बजेदेखि ८.०० बजेसम्म पूजाआजा हुदै आएको पुुजारी भक्ति दाहालले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार विभिन्न महत्वपूर्ण तिथिमिति र पर्व विशेषमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।
मन्दिर परिसर भित्रै मार्वलमा अठार अध्याय श्रीमद्भगवत् गीता लेखिएको छ । छ वर्ष अघि तीन लाख ५० हजार रुपैयाँ लागतमा गरिएको लेखन कार्यमा हरेक अध्यायका लागि एक/एक जना व्यक्तिहरू गरी १८ जनाले आर्थिक सहयोग गर्नुुभएको छ ।
मन्दिरलाई अध्यात्मिक जागरणसँगै सामाजिक सेवाको विशिष्ट माध्यमका रुपमा विकास गर्ने गरी काम भैरहेको समितिका सदस्य गोमा देवी वाग्लेले बताउनुुभयो ।
मन्दिरमा हरेक वर्ष पुस महिनामा महालक्ष्मी उत्सव सञ्चालन गर्दै आइएको बताउँदै उहाँले हरेक रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी, झुलन महोत्सव आदिमा धेरै संख्यामा दर्शनार्थीहरू आउने गरेको जानकारी दिनुुभयो ।
अद्यावधिक:
Explore • Plan • Travel


