१९ कात्तिक २०८३, राति ११:२४
ताजा अपडेटEnglish — Auto Translate
ENAuto
गण्डकी प्रदेश

मल्लकालीन इतिहासको साक्षी भरतपोखरीको कोटभैरव

पोखरा, ४ कात्तिक । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर नयाँ गन्तव्य बन्दै गईरहेको छ ।

मल्लकालीन इतिहासको साक्षी भरतपोखरीको कोटभैरव
भरतपोखरीको कोटभैरव मन्दिर परिसरमा आगन्तुकहरू।
सहज पढाइ
यो खबर साझा गर्नुहोस्
१सेयर
FacebookWhatsAppX

पोखरा, ४ कात्तिक । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर नयाँ गन्तव्य बन्दै गईरहेको छ ।

धार्मिक तथा साँस्कृितक महत्व वोकेको यस ठाउँमा पुग्ने पर्यटकहरु मन लोभ्याउदै सुन्दर दृष्यावलोकन गरेर फर्कने गर्दछन । मन्दिर परिसरवाट पोखरा सहित उत्तरतर्फ हेर्दा लहरै लागेका चादीजस्तै टल्कने हिमाल, अन्नपुर्ण माछापुच्छ्रे लगायतका हिमश्रृङखलाहरुको एक साथ अवलोकन गर्न सकिन्छ ।

नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा रहेको कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा आदिकालदेखि पूजा गरिँदै आइएको पाइन्छ । नवरात्रमा मन्दिरमा दिनहुँ पुजा हुने गर्दछ । यस पटक पनि मन्दिरमा नवदुुर्गाूजाआजा भैरहेको छ । मन्दिरमा विधिवत् घटस्थापना सहित फूूलपाति भित्राउने, महाअष्टमी, कालरात्री, महानवमी विशेष पूजासँगै विजयादशमीका दिन सामुहिक टिकाप्रसाद ग्रहण गर्ने ऐतिहासिक परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि महानवमीसम्म विशेष पूजासहित दुर्गा सप्तशती पाठ हुने यस मन्दिरमा वली चढाएपछि सर्वसाधारणका घरघरमा खसि वोकाको वली दिंदा शुभ हुने जनविश्वास रहेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालिन कोट भैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिको पहलमा विशेष पूजा गरिनुका साथै अहिले मन्दिर जिर्णोद्वार गरिएको छ भने प्यागोडा शैलीको तीनतल्ले नयाँ मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ ।

कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी सर्वसाधारण धुप अक्षता लिएर पुजामा सहभागी हुन यहाँ आउने गरेका छन् ।

२०७२ सालको भूकम्पले साविकको मन्दिरमा क्षति पुर्याएको अवस्था समेतलाई दृष्टिगत गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने सोचका साथ मन्दिर पुननिर्माण गरिएको छ ।

सबैको साथ सहयोगमा निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउनसके कास्की जिल्लाकै दक्षिण भेगको नयाँ गन्तव्यका रुपमा विकास हुदै गरेको कोटभैरव मन्दिर यो क्षेत्रकै सुन्दर दृष्यावलोकनको ठाउँ बन्ने स्थानीयहरु बताउँछन् ।

गण्डकी प्रदेशको राजधानीमा आउने धार्मिक पर्यटकहरुलाई पोखराबाट करीव १६ किलोमिटर पक्की सडक र दश मिनेटको हिडाईमा सजिलै पुगिने यो गन्तव्यमा पुर्याउँदा पर्यटकको बसाइ बढाउन र लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार