लम्सालको अध्यक्षतामा नाइस नेपाल प्रालिको सञ्चालक समिति

पोखरा, कात्तिक । इम्ब्रोइडरी र गार्मेन्ट्सका सामानका माध्यमबाट नेपालको पहिचानलाई विश्माझ पु¥याएर पर्यटन प्रवद्र्धनमा योगदान गरिरहेको संस्था एगा पोखरामा आवद्ध सदस्यहरू सम्मिलित नाइस नेपाल प्रालिमा गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको छ ।
सात सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा सुरेन्द्र पौडेल, सचिवमा कमलबहादुर सापकोटा, कोषाध्यक्षमा सुशिल ढकाल रहनुभएको छ भने सदस्यहरूमा माया सुवेदी, प्रमोद अधिकारी र नारायण पाण्डे रहनुभएको छ ।
त्यस्तै सञ्चालक समितिका सल्लाहाकार समितिको संयोजकमा कृष्णकुमार श्रेष्ठ रहनुभएको छ भने सदस्यहरूमा चिरञ्जिीवि पोखरोल, जीवनाथ गौतम, इश्वरकुमार श्रेष्ठ, रननारायण श्रेष्ठ र गीता ढकाल पौडेल रहनुुभएको छ ।
यस अघि १० सदस्यबाट सुरु गरिएको प्रालिमा लगानी बिस्तार गरी चार करोड ५० लाख पु¥याउँदै सदस्य संख्या ५६ सदस्य कायम गरिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
“हामी यस उद्योगका माध्यमबाट इम्ब्रोइडरी र गार्मेन्ट्सका सामानका साथै दुर्लभ अल्लो, हेमका सामान मार्फत नेपालको पर्यटकीय चिनारीलाई अझै प्रभावकारी रुपमा विश्व पर्यटन बजारमा पु¥याउने योजनामा छौं”, उहाँले भन्नुभयो, “लगानी र उत्पादन बृद्धिसँगै व्यवस्थित बजारीकरण गर्ने हाम्रो उद्देश्य रहेको छ ।”
Explore • Plan • Travel


